काेशी प्रदेशमा बुधवार देखि वर्षा हुने पूर्वानुमान
समाचारदाता : गोपाल पौडेल


२०८२ जेठ २८ गते ।
धराने मिडिया : जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि हल्का वर्षाको सम्भावना रहेकाले तापक्रम पनि घट्ने जनाएको छ ।
हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही समययता वर्षा हुन नसक्दा उपत्यका, तराई—मधेसलगायत अधिकांश स्थानमा तापक्रम पनि बढेको छ ।
महाशाखाका अनुसार कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाकोे सम्भावना छ । देशको उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ ।
