हरिशयनी एकादशी : महत्व र कार्य
समाचारदाता : गोपाल पौडेल

२०८२ असार २२ गते ।
धराने मिडिया : आषाढ शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी अथवा देवशयनी एकादशी भनिन्छ । यस दिनमा नेपाल र भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत राख्नुको साथै एक पर्वको रूपमा मनाउने गर्दछन् ।
पुराणहरूका मत अनुसार भगवान विष्णु यस दिन देखि चार महिनासम्म (चातुर्मास) पातालमा राजा बलिको द्वारमा निवास गरेर कार्तिक शुक्ल एकादशीमा फर्कन्छन् ।
यही प्रयोजनले यस दिनलाई 'देवशयनी' तथा कार्तिकशुक्ल एकादशीलाई 'प्रबोधिनी' एकादशी भनिन्छ ।
एकादशीको दिन प्रातःकाल उठेर घरको साफ-सफाई तथा नित्य कर्मबाट निवृत्त हुने । स्नान गरेर पवित्र जल घरमा छर्कने । घरको पूजा स्थल अथवा कुनै पनि पवित्र स्थलमा प्रभु श्रीहरि विष्णुको सुन, चाँदी, तामा अथवा पितलको मूर्ति स्थापना गर्ने । तत्पश्चात उसको षोड्शोपचार सहित पूजन गर्ने र त्यसपछी भगवान विष्णुलाई पीताम्बर आदिले विभूषित गर्ने । तत्पश्चात व्रत कथा सुन्नु पर्छ ।
त्यसपछी आरती गरेर प्रसाद वितरण गर्ने । अन्तमा सेतो चादरले ढाकेको गद्दा-तकिया भएको खाटमा श्री विष्णुलाई शयन गराउनु पर्छ ।