"गुरु पूर्णिमा" - अर्थ र ज्ञान
समाचारदाता : गोपाल पौडेल

२०८२ असार २६ गते ।
धराने मिडिया : 'गु' को अर्थ हो- अन्धकार एवं 'रु' को अर्थ हो- प्रकाश। 'गिरति अज्ञानं इति गुरूः' अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू भनिन्छ। यसप्रकार गुरू नै यथार्थ ब्रह्म हो।
गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः॥
गुरुपूर्णिमा लाई अषाढ पुर्णिमा, व्यास जयन्ती, कबीर जयन्ती भनिन्छ । पूर्वीय दर्शन अर्थात हाम्रो सनातन धर्ममा गुरूको महत्त्व अनौठो र अनुपम छ।
महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरूषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई गुरूपूर्णिमाका रूपमा मनाउँछन्।
उक्त दिन विद्यार्थीहरूले गुरुलाई फूलमाला अर्पण गर्दै उनीहरूबाट टीका थाप्ने चलन छ।
गौतम बुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश आजकै दिन दिनुभएकाले त्यसै दिनलाई धर्मचक्र प्रवर्तन दिवसका रूपमा बौद्ध धर्मावलम्बीहरूले मनाउने गरिआएका छन्।