एक्कासी किन नायिका बर्षा राउट भावुक हुदैँ टिकटकमा?
समाचारदाता : गोपाल पौडेल
२०८३ वैशाख ३० गते
धराने मिडिया : नेपाली चलचित्र क्षेत्रकी नायिका वर्षा राउत पछिल्ला दिनमा टिकटकमा भावुक देखिएकी भिडियोका कारण चर्चामा आएकी छन्। उनले सार्वजनिक गरेको भिडियोमा आँखा रसाएका, भावुक अभिव्यक्ति दिएका तथा केही संवेदनशील शब्द प्रयोग गरेपछि दर्शक तथा फ्यानहरूबीच विभिन्न अड्कलबाजी सुरु भएको छ।
बर्षाले हिजो एउटा १५ सेकेन्डको भिडिओ बनाएर पोस्ट गरिन्, जसमा उनेका आँखाभरि आँशु देख्न सकिन्थ्यो । आफूले सबैलाई परेको बेलामा सपोर्ट गरे पनि आफूलाई कसैले नगरेको उनको गुनासो थियो ।
वर्षा अभिनीत चलचित्र ‘मालती मंगले’ गत शुक्रबार रिलिज भएको थियो । सो चलचित्रमा उनी विजय बरालको अपोजिटमा छिन् । चलचित्रको प्रमोसनमा बर्षाले निकै मिहिनेत गरेकी थिइन् । तर, चलचित्रले हलहरुमा अपेक्षित व्यापार गरिरहेको छैन ।
वर्षा राउत को भावुक टिकटक भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएका छन्। धेरै फ्यानहरूले उनलाई हौसला र समर्थन दिएका छन् भने केहीले भिडियोको वास्तविक कारणबारे जिज्ञासा व्यक्त गरेका छन्।




















