पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस् - ओली

समाचारदाता : गोपाल पौडेल

२०८२ फागुन २३ गते।

धराने मिडिया : भारी मतान्तरसहित पराजित भएपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन्। शनिबार बेलुका सामाजिक सञ्जालमा स्टाटस राख्दै ओलीले बालेनलाई बधाई दिएका हुन् ।

ओलीले बधाई दिँदै लेखेका छन्, "बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई ! तपाईंको पाँचवर्षे कार्यकाल निर्विघ्न सफल रहोस् । हार्दिक शुभकामना !"

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल १ लाख ६ हजार ३ सय ७२ मत खसेकोमा बालेनले ६८ हजार ३ सय ४८ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी ओलीले १८ हजार ७ सय ३४ मत मात्र प्राप्त गरे। बालेनले ओलीलाई झन्डै ५० हजार मतले पराजित गरेका थिए  ।