भीषण बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगायो
समाचारदाता : गोपाल पौडेल

२०८२ असार २४ गते ।
धराने मिडिया : रसुवा जिल्लाको नेपाल-चीन सिमानास्थित लेन्देखोलामा आएको भीषण बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ।
अहिलेसम्म बाढीले गरेको क्षतिको यकिन विवरण नआएपनि मितेरी पुल भने पुरै बगाएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए । अहिले नेपाली सेनासँग समन्वय गरेर हेलिमार्फत उद्धारका लागि छलफल भइरहेको उनले बताए ।
श्रोतका अनुसार मानविय क्षतिसमेत भएको आशंका गरिएको छ । तर कति क्षति भयो भन्ने तथ्यांक आएको छैन् ।
घटनाको थप विवरण आउन बाकी छ।