३००२.०७ पुगेर करिब ४ वर्ष यताकै उच्च विन्दुमा नेप्से

समाचारदाता :  गोपाल पौडेल

२०८२ साउन १४ गते ।

धराने मिडिया : मंगलबार सेयर बजार ३००२.०७ पुगेर करिब ४ वर्षकै उच्चतम विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३०.७६ अंक बढेको हो ।

बजार बन्द हुँदा नेप्सेको अंक २०७८ भदौ १३ यताकै उच्च हो । सो वर्ष भदौ २ गते हालसम्मकै उच्च ३१९८ अंकको रेकर्ड बनाएपछि नेप्से ओरालो लागेको थियो।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार १९ अर्ब ३६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२१ स्टकको १ लाख ५७ हजार ५२५ पटकको कारोबारमा १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार रुपैयाँबराबरको ४ करोड १८ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको थियो।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।