सुन र चाँदीको मूल्य एकै साथ वृद्धि, दुई लाखको नजिक
समाचारदाता : गोपाल पौडेल


२०८२ भदौ ०५ गते ।
धराने मिडिया : नेपाली बजारमा आज सुन र चाँदीको मूल्य एकै साथ वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो छापावाला सुन प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्यवृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।
त्यसैगरी यस दिन चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ ।
आज बिहीबार चाँदीको तोलाको दुई हजार २९० करोवार भएको छ । हिजो बुधबार चाँदीको बजारमा दुई हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।