कोशी प्रदेशमा मध्यम वर्षाको सम्भावना

समाचारदाता : गोपाल पौडेल

२०८२ असोज ०४ गते ।

धराने मिडिया : कोशी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम्‌विदहरूले जनाएका छन्।

केही समययता वर्षा हुन नसक्दा उपत्यका, तराई—मधेसलगायत अधिकांश स्थानमा तापक्रम पनि बढेको छ ।

कोशी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति पनि कोशी प्रदेशमा बदली रहने र केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

यस कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन अनुरोध छ।