दशैँ छेउ सुन र चाँदीको मुल्यमा नँया उचाई
समाचारदाता : गोपाल पौडेल

२०८२ असोज ०५ गते ।
धराने मिडिया : आज असोज ५ गते नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ ।

यस दिन चाँदीको मूल्यले रेकर्ड ब्रेक गरेको छ भने सुनको मूल्य गत भदौ ३१ गते कायम भएको रेकर्डमा पुगेको छ।
यस दिन चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको हो । त्यस्तै सुनको मुल्य प्रतितोला एक हजार १०० रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी तोलाको २ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको छ ।