बाढी पहिराेकाे सम्भावना उच्च, सतर्क हुन सरकारकाे अनुराेध
समाचारदाता : गोपाल पौडेल

सुनसरी, २०८२ असोज १८ गते ।
धराने मिडिया : जल तथा मौसम विज्ञान विभागले देशभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

असोज १७ देखि २० गतेसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय भई कतिपय स्थानमा भारीदेखि अति भारी वर्षा हुने भएकाले बाढी–पहिरोको जोखिम बढेको विज्ञप्तिमा उल्लेख छ।
सरकारले गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपांगता भएका व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको छ । साथै, स्थानीय तह, विपद् व्यवस्थापन समिति, सुरक्षाकर्मी, स्वयंसेवक तथा सरोकारवाला निकायलाई पूर्वतयारी र राहत–उद्धारका लागि तयार रहन निर्देशन दिइएको छ ।

सरकारले नदी किनार तथा डुबान हुन सक्ने जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित र अग्लो स्थानमा सर्नका लागि पूर्वतयारी गर्न आग्रह गरेको छ।
बाढी पहिरोसँगै सडकको अवस्थाबारे पनि जानकारी लिएर यात्रा गर्न सरकारले सुझाव दिएको छ ।