सुन र चाँदीको मुल्यमा नँया उचाई
समाचारदाता : गोपाल पौडेल
२०८२ असोज २० गते ।
धराने मिडिया : नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ ।
असोज २० गते सुन प्रतितोला दुई हजार ५०० रुपैयाँ बढेर र चाँदी तोलामा ३० रुपैयाँले बढेर नँया रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ भने चाँदी प्रतितोला २ हजार ९६० रुपैयाँमा कारोबार भईरहेको छ ।



















