सुनको मूल्यमा निरन्तर रेकर्ड ब्रेक, ऐतिहासिक मूल्यमा कारोबार
समाचारदाता : गोपाल पौडेल

२०८२ असोज २१ गते ।
धराने मिडिया : मंगलबार सुनको मूल्यमा भारि वृद्धि भएर अहिले सम्मकै उचाईमा पुगेको छ । आज सुन प्रतितोला दुई हजार ३०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार कायम रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले एतिहासिक उचाई बनाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको हो।