मार्जिन प्रकृतिको कर्जाको सीमा हटाएसँगै नेप्सेमा लाग्यो पहिलो सकारात्मक सर्किट

समाचारदाता : गोपाल पौडेल

२०८२ असोज २३ गते ।

धराने मिडिया : लगानीकर्ताहरुले लामो समयदेखि माग गरिरहेको मार्जिन प्रकृतिको कर्जाको सीमा केन्द्रिय बैंकले हटाएपछि नेप्सेमा पहिलो सकारात्मक सर्किट लागेको छ।

बजार खुलेको ३ मिनेटमा नै नेप्से ४ प्रतिशत बढेपछि सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको हो।

यस अवधिमा २१३ कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको सेयर मूल्य घटेको देखिन्छ । साथै, ३ मिनेटका अवधिमा २७ करोड ५६ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।