धरानमा छठ पर्वको तयारी तिब्र
समाचारदाता : गोपाल पौडेल
२०८२ कार्तिक ०९ गते ।
धराने मिडिया : धरान-१५ स्थित सेउती खोला र धरान-१३ को सर्दु खोलामा यस वर्षको छठ पर्वको स्वागतका लागि तियारी तिब्र बनेको छ। तिहारको समापनसँगै धरानमा अब छठ पर्वको रौनक छाएको हो।
छठ पर्व नेपाल र भारतका उक्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्त्वपूर्ण पर्व हो। यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ।
धरानमा श्रद्धालुहरूले पूजा गर्ने घाटहरूमा खाल्डाखुल्डी पुर्ने, बाटो मर्मत गर्ने, बत्ती र सजावट गर्ने काम धमाधम भइरहेको छ।
विगतमा मधेसमा मात्र हुने छठ पर्व पछिल्लो समय विभिन्न समुदाय र पहाडी क्षेत्रमा पनि त्यत्तिकै हर्सौल्लासका साथ मनाउन थालिएको हो ।


तस्विरः छठ पर्व २०८१, धरान-१५ सेउती खोला



















