धरानमा २०८२ साल छठ पर्वको रैनक (तस्वीर सहित)

समाचारदाता : गोपाल पौडेल

२०८२ कार्तिक १० गते ।

धराने मिडिया : छठ पर्व नेपाल र भारतका उत्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्त्वपूर्ण पर्व हो। यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ।

Chhat 2082Chhat 2082 (3)Chhat 2082 (6)Chhat 2082 (5)

नेपालको विशेष रूपले तराई (मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ ।

Chhat 2082 (2)Chhat 2082 (4)Chhat 2082 (7)Chhat 2082 (8)

परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ ।यश पर्वमा मुस्लिम समुदायका व्यत्तिले पनि सहभागी हुन्छ र यो पर्व बिधिबत मनाउछ। पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

Chhat 2082 (9)Chhat 2082 (10)Chhat 2082 (12)Chhat 2082 (11)Chhat 2082 (14)