उदाउँदो सूर्यलाई अर्घ्य दिएर धरानमा छठ पर्वको समापन

समाचारदाता : गोपाल पौडेल

२०८२ कार्तिक ११ गते।

धराने मिडिया : सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भएको छ ।

चारदिनसम्म अत्यन्त निष्ठापूर्वक मनाइने छठ पर्वको आज अन्तिम दिनलाई ‘पारन’ भन्ने गरिन्छ ।

सन्तान एवं पारिवारिक सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइँने छठ पर्व मनाइन्छ ।

ChhatChhat (2)Chhat (3)Chhat (4)Chhat (5)

रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट उदाउँदो सूर्यको पूजाआजा गर्दछन् । विहानीमा सूर्यको न्यानो किरणसँगै ब्रतालुहरूले अञ्जुलीमा पानी भरि जल चढाउँछन् र पालैपालो ठकुवा भुसुवा फलफुल र मिठाईजस्ता प्रसादहरू अर्पण गर्दछन् । त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी ब्रत खोल्दछन् ।

यो व्रतले मनले चिताएको पूरा हुने धेरै भक्तजनको विश्वास छ ।

Chhat (6)Chhat (7)Chhat (8)Chhat (9)Chhat (10)Chhat (11)