सुन र चाँदीको मूल्य घट्ने क्रम निरन्तर

समाचारदाता : गोपाल पौडेल

२०८२ कार्तिक ११ गते।

धराने मिडिया : मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले घट्ने क्रमलाई निरन्तरता दिएको छ।

यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ६० रुपैयाँ घटेको छ।

सोमबार प्रतितोला २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन भने २ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात सोमबार यस्तो सुन तोलाको २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।