एकै साथ घट्याे डिजेल र मट्टीतेलको मूल्य

समाचारदाता : गोपाल पौडेल

२०८२ कार्तिक १५ गते ।

धराने मिडिया : नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको हो ।

इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य घटेको जनाउँदै निगमले यहाँ पनि मूल्य घटाएको हो ।

शनिबार (कात्तिक १५)बिहानदेखि लागु हुने गरी डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ ।