एकै साथ घट्यो सुन र चाँदीको मूल्य

समाचारदाता : गोपाल पौडेल

२०८२ कार्तिक १८ गते ।

धराने मिडिया : मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ४०० रुपैयाँले र चाँदी तोलामा ४५ रुपैयाँले घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।