सुनको मूल्य बढ्यो

समाचारदाता : गोपाल पौडेल

२०८२ कार्तिक २० गते ।

धराने मिडिया :बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ६०० रुपैयाँ बढेको हो ।

त्यस्तै, यस दिन चाँदी तोलामा २० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ३ हजार १० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको हो।