आज देशको सबै प्रदेशमा मौसम सफा रहने

समाचारदाता : गोपाल पौडेल

विराटनगर, २०८२ कार्तिक २५ गते ।

धराने मिडिया : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विभागले जनाएको छ ।

हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।