नेपालमा चाँदीको मूल्यमा नँया रेकर्ड, सुनको मूल्यमा पनि भारि वृद्धि

समाचारदाता : गोपाल पौडेल

२०८२ मंसिर २६ गते ।

धराने मिडिया : शुक्रबार नेपाली बजारमा चाँदीको मूल्यमा नँया रेकर्ड बनाएको छ भने सुनको मूल्यमा पनि भारि वृद्धि भएको छ। 

यस दिन चाँदीको मूल्य तोलामा १०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो भने सुनको मूल्य प्रतितोला तीन हजार ५०० रुपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन चाँदी  प्रतितोला तीन हजार ९०५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ भने  सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको छ ।

चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।