सुन र चाँदी दुवैको मूल्यमा नयाँ कीर्तिमान
समाचारदाता : गोपाल पौडेल
२०८२, पौष ०७ गते ।
धराने मिडिया : नेपाली बजारमा पछिल्लो समय तीव्र गतिमा बढिरहेको सुन र चाँदीको मूल्य आज पनि नयाँ रेकर्ड बनाउन सफल भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।
आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो । यस दिन सुन प्रतितोला तीन हजार ७०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
त्यस्तै, सोमबारको बजारमा चाँदीको मूल्य पनि तोलामा १३० रुपैयाँले बढेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला ४ हजार २३५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । चाँदीको सो मूल्य पनि हालसम्मकै उच्च हो ।



















