सुन र चाँदी दुवैको मूल्यमा नयाँ कीर्तिमान

समाचारदाता : गोपाल पौडेल

२०८२ पौष १३ गते ।

धराने मिडिया : नेपाली बजारमा पछिल्लो समय तीव्र गतिमा बढिरहेको सुन र चाँदीको मूल्य आज पनि नयाँ रेकर्ड बनाउन सफल भएको छ ।

यस दिन सुन प्रतितोला एक हजार ३०० रुपैयाँ र चाँदी तोलामा २७० रुपैयाँ बढेर रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला  २ लाख ७० हजार ६०० रुपैयाँमा कारोवार भैइरहेको छ भने चाँदी प्रतितोला ४ हजार ८३५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।