भदौ २३ र २४ गतेका घटनाको छानबिन आयोगले बयानका लागि बोलायो बालेन शाहलाई

समाचारदाता : गोपाल पौडेल

२०८२ पौष २१ गते ।

धराने मिडिया : भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई बयानका लागि लिखित प्रश्न पठाएको छ।

मेयर शाहले ती दुई दिन सामाजिक सञ्जालमा लेखेका स्ट्याटसदेखि घटना अवधिभर उनको गतिविधिबारे सोधपुछ गरेको आयोग स्रोतले बताएको छ।

भदौ २४ गते तत्कालीन प्रधानमन्त्री लगायतले राजीनामा दिइसकेको भन्दै जेनजीलाई आन्दोलनबाट फर्किन फेसबुकमार्फत आह्वान गरेका थिए ।

आयोगले यसअघि जेनजी प्रतिनिधि सुदन गुरुङ, पुरुषोत्तम यादव, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहितसँग बयान लिइसकेको छ ।