सुन र चाँदीको मूल्यको नयाँ रेकर्ड 

समाचारदाता : गोपाल पौडेल

२०८२ पुस ३० गते ।

धराने मिडिया : नेपाली बजारमा पछिल्लो समय तीव्र गतिमा बढिरहेको सुन र चाँदीको मूल्य आज पनि नयाँ रेकर्ड बनाउन सफल भएको छ ।

यस दिन सुन प्रतितोला एक हजार ५०० रुपैयाँ र चाँदीको मूल्यले तोलामा ३१५ रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ५ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ ।