सुन र चाँदीको मूल्यमा निरन्तर रेकर्ड ब्रेक, मुल्य ३ लाख माथि
समाचारदाता : गोपाल पौडेल
२०८२ माघ ११ गते ।
धराने मिडिया : आईतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले पुनः एतिहासिक उचाई बनाएको छ । पछिल्ला दिनमा सुन र चाँदीको मूल्य निरन्तर नयाँ रेकर्ड बनाउदै बढ्ने क्रममा रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ६ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर वृद्धि हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको हो।
यस दिन सुन प्रतितोला २ हजार ४०० रुपैयाँ र चाँदी तोलामा २९० रुपैयाँ बढेर रेकर्ड बनाएको हो ।




















