सुन र चाँदीको मुल्यमा भारी गिरावट, सुन प्रति तोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा

समाचारदाता : गोपाल पौडेल

२०८२ माघ १९ गते ।

धराने मिडिया : सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य भारी गिरावट आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ५ हजार २ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

सुनको मुल्य केहि दिन अघि प्रति तोला ३ लाख ३९ हजार ३ सय रुपैयाँसम्म कायम भएको थियो भने चाँदीको प्रति तोला ७ हजार ५ सय ५ रुपैयाँसम्म कायम भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको हो।