दोस्रो याक्थुङ सिने अवार्ड इन्टरनेशनल सम्पन्न, सिक्किमबाट "नुमाहाङ्मा" सर्वोत्कृष्ट चलचित्र घोषित
समाचारदाता : गोपाल पौडेल
२०८२ माघ २५ गते ।
धराने मिडिया : याक्थुङ चलचित्रकर्मी संघ नेपालद्वारा आयोजित ‘दोस्रो याक्थुङ सिने अवार्ड ईन्टरनेसनल २०८२’ सम्पन्न भएको छ।
माघ २४ गते शनिबार धरान-३ स्थित सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा सम्पन्न भएको अवार्ड कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मंत्री ईन्द्रमणी पराजुलीको प्रमुख अतिथि रहनु भएको थियो।
कार्यक्रममा याक्थुङ चलचित्रकर्मी संघ नेपालका अध्यक्ष नविन मेन्याङ्बोले सुरुवातमा स्वागत मन्तव्य राख्दै सम्पुर्णलाई शुभकामना व्यक्त गरेका थिए।


अवार्डमा :
उत्कृष्ट फिचर फिल्म - ‘नुमाहाङ्मा’
उत्कृष्ट फिचर फिल्म निर्देशक - नियारा रुद्राङ ‘नुमाहाङ्मा’
उत्कृष्ट अभिनेता फिचर फिल्म - बबिन आसुदुङ्बे 'सेम्फुङका'
उत्कृष्ट अभिनेत्री फिचर फिल्म - गिमाला खाजुम ‘रीत’
उत्कृष्ट चरित्र अभिनेता फिचर फिल्म - दुर्गा सेलिङ
उत्कृष्ट चरित्र अभिनेत्री फिचर फिल्म - अल्मिथ गस्ताङ्ग फुर्जुम्बा


त्यस्तै:
उत्कृष्ट लघु चलचित्र - ‘तङ्सङ’
उत्कृष्ट लघु चलचित्र निर्देशक - सागर केरुङ ‘तङ्सङ’
उत्कृष्ट अभिनेता - तीर्थ लिम्बु ‘अङ्गा’
उत्कृष्ट अभिनेत्री - लाज्मी योङहाङ ‘तङ्सङ’


त्यस्तै :
उत्कृष्ट पालाम म्युजिक - ‘मिमजिरेङ सेप्माङ’
उत्कृष्ट पालाम गायक - शिव सम्बाहाम्फे 'मिमजिरेङ सेप्माङ'
उत्कृष्ट पालाम गायिका - मनु नेम्बाङ "मुकुमलुङ"
उत्कृष्ट मोडल (पालाम) - हिमाल लिम्बु र सेम्मुई ताजेङ


त्यस्तै :
उकृष्ट याक्थुङ मुजिक भिडियो - म्युयकसा एरेना
उकृष्ट गायक पुरुष - बविन शेर्मा (सिरापोधाङ)
उकृष्ट गायिका महिला - तुलसा लिम्बु (सिरापोधाङ)
उकृष्ट मुजिक भिडियो मोडेल पुरुष - मौषम ङ्बुङ (म्युयकसा एरेना)


अवार्ड कार्यक्रममा मनोनयनमा परेका फिचर फिल्म ९, लघु चलचित्र २, याक्थुङ गीत तथा म्युजिक भिडियो ३, याक्थुङ पालाम म्युजिक भिडियो १५ वटा रहेका थिए।




















