आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढ्यो
समाचारदाता : गोपाल पौडेल
२०८२ फागुन ६ गते ।
धराने मिडिया : अण्डाको मूल्य बढेको छ। नेपाल लेयर्स संघले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो। अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको सङ्घले जनाएको छ ।
ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला ३७५ तोकिएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।
गएको माघ तेस्रो सातामा अण्डाको मूल्यमा भारी गिरावट आएको थियो। त्यतिबेला संघले ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ३७५ र मिडियम रु ३३५ कायम गरेको थियो।



















