निर्वाचन नजिकिदै जादा बढ्यो सुन र चाँदीको मूल्य
समाचारदाता : गोपाल पौडेल
२०८२ फागुन १० गते ।
धराने मिडिया : आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतिताेला ५ हजार ६०० रुपैयाँ र चाँदी तोलामा ३७५ रुपैयाँले बढेकाे हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ५ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा खरिदबिक्री भएको थियो।



















