बढ्यो सुनको मूल्य

समाचारदाता : गोपाल पौडेल

२०८२ फागुन १९ गते ।

धराने मिडिया : नेपाली बजारमा मंगलबार सुनको मूल्य २ हजार १ सय रुपैयाँले बढको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको छ। सोमबार सुनको मूल्य ३ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भएकाे थियो।

अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदीको मूल्य भने घटेको छ। मंगलबार चाँदी २०५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ८१५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला ६ हजार २० रुपैयाँमा कारोबार भएको थियो।