धरान १-२० वडामा मतगणना सम्पन्न, श्रम संकृति पार्टिका उमेदवार हर्क साम्पाङको अग्रता

समाचारदाता : गोपाल पौडेल

२०८२ फागुन २४ गते।

धराने मिडिया : प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुनसरी क्षेत्र न १ मा धरान वडा न १ देखि २० सम्मको सम्पुर्ण मतगणनाको नतिजा सार्वजनिक भएको छ।

सार्वजनिक नतिजा अनुसार श्रम संकृति पार्टिका उमेदवार हर्क राज राई(साम्पाङ) को अग्रता देखिएको छ।

ताजा नतिजा अनुसार :

६३७५३  मतगणना गर्दा 

मनोज भट्टराई  (तारा) : ५१४८

हर्क साम्पाङ (माटो) : ३०५५७

शरिन तामाङ (घण्टी) : १४२३६

सुजेन्द्र गोले (रुख) : २६१९

टिकाराम लिम्बू (सुर्य): ३८५४

उद्वव श्रेष्ठ हलो :९७०

बदर : २८३१

सदर : ६०९२२

मतगणना निर्वाचन अधिकृतको कार्यलय धरान ८ स्थित सभाहलमा भइरहेको छ। सुनसरी–१ निर्वाचन क्षेत्र मा कुल ५८.२३ प्रतिशत मतदान भएको छ। निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा ८७ हजार ५७६ मत खसेको छ।