सुनसरी–१ मा श्रम संस्कृति पार्टीका हर्कराज राई विजयी

समाचारदाता : गोपाल पौडेल

२०८२ फागुन २४ गते।

धराने मिडिया : सुनसरी निर्वाचन क्षेत्र नं. १ को सम्पन्न मतगणना परिणामअनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई विजयी भएका छन्।

 श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गर्दै संसदमा स्थान सुरक्षित गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार गोमा तामाङ (सरिन)ले २७ हजार २४९ मत प्राप्त गरेकी छन्। साम्पाङले तामाङलाई ८ हजार ४९२ मतान्तरले पराजित गरेका हुन्।

योसँगै श्रम संस्कृति पार्टीले २ सिटमा जित हासिल गरेको छ ।

सुनसरी–१ निर्वाचन क्षेत्र मा कुल ५८.२३ प्रतिशत मतदान भएको थियो। निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा ८७ हजार ५७६ मत खसेको थियो।

मतगणना निर्वाचन अधिकृतको कार्यलय धरान ८ स्थित सभाहलमा फागुन २२ गते सर्वदलिय/सर्वपक्षिय बैंठकको निर्णय अनुसार दिउसो १ बजे देखि सुरु भएको थियो।

Harka Sampang Elected 2082 (2)Harka Sampang Elected 2082 (3)Harka Sampang Elected 2082 (6)Harka Sampang Elected 2082