पेट्रोल प्रतिलिटर १५ रुपैयाँले बढ्यो
समाचारदाता : गोपाल पौडेल
२०८२ चैत २ गते।
धराने मिडिया : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको कारण देखाउँदै निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य बढाएको हो ।
निगमका अनुसार, पेट्रालको मूल्य लिटरमा १५ रुपैयाँ बढाइएको छ भने डिजेल/मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँ बढाइएको हो ।
वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य १७२ तथा डिजेल र मट्टितेलको मूल्य १५२ पर्ने पनि निगमले जनाएको छ।
यता खाना पकाउने ग्यासको मूल्यमा पनि प्रतिसिलिण्डर २१६ रुपैयाँ बढेर आएको भएपनि हाललाई यथावत राखिएको निगमले जनाएको छ।




















