घट्यो सुन र चाँदी दुवैको मूल्य
समाचारदाता : गोपाल पौडेल
२०८२ चैत ४ गते।
धराने मिडिया : बुधबार नेपाली बजारमा सुन र चाँदी दवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार यस दिन सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १८५ रुपैयाँ घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
मंगलबारको बजारमा सुन प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।




















