राष्ट्रपतिद्वारा बालेन्द्र शाह प्रधानमन्त्री पदमा नियुक्त 

समाचारदाता : गोपाल पौडेल

२०८२ चैत १३ गते।

धराने मिडिया : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपाका) संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधान धारा ७६ को (१) बमोजिम बालेन्द्र शाहलाइ नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम रहेकाे छ। कार्यालयका अनुसार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह दिउँसो १२ः३४ बजेका लागि तय भएको छ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपा १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ । रास्वपाले चुनावअघि नै वरिष्ठ नेता शाहलाई प्रधानमन्त्री बनाउने उद्‍घोष गरेको थियो ।

12-13_प्रधानमन्त्री-नियुक्त_विज्ञप्ति_IMG_0001-1086x1536-1