बिहान ५ बजे ओली निवासमा पुग्यो प्रहरी
समाचारदाता : गोपाल पौडेल
२०८२ चैत १४ गते ।
धराने मिडिया : पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी टोली जरुरी प'क्राउ पु'र्जीसहित भक्तपुरको गुण्डुस्थित निवास पुगेको छ।
सरकारले  गौरीबहादुर कार्की  नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि प'क्राउ प्रक्रिया अघि बढाइएको बताइएको हो।
निवासमा रातभर नेता–कार्यकर्ता जम्मा भएका छन् भने बाहिर पनि समर्थकहरूको भीड देखिएको छ।