बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर २०० रुपैयाँ माथि
समाचारदाता : गोपाल पौडेल
२०८२ चैत २० गते।
धराने मिडिया : नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले शुक्रबार बिहानदेखि लागु हुने गरि डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको हो।
मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि मूल्य बढाउनुपरेको निगमले स्पष्ट पारेको छ ।
हरेक १५ दिनमा भारतबाट आएको मूल्य सुची अनुसार मूल्य बढाउँदै आएको आयल निगमले पेट्रोल र डिजेल तथा मट्टितेलमा १५/१५ रुपैयाँ बढाउने निर्णय गरेको हो।

निगमले पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज प्रतिलिटर १९९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ २०१ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल २०२ रुपैयाँ तथा डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १७९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८१ रुपैयाँ र तेस्रो वर्गमा १८२ रुपैयाँ तोकेको छ ।




















