घट्यो सुन र चाँदी दुवैको मूल्य

समाचारदाता : गोपाल पौडेल

२०८२ चैत २३ गते।

धराने मिडिया :सोमबार नेपाली बजारमा सुन र चाँदी दवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ५० रुपैयाँ घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला चार हजार ७८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।