अबदेखि आइतबार शेयर काराेबार नहुने, शुक्रबार खुल्ने

समाचारदाता : गोपाल पौडेल

२०८२ चैत २६ गते।

धराने मिडिया : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले साप्ताहिक कारोबार संरचनामा फेरबदल गर्दै अबदेखि आइतबार शेयर काराेबार नहुने भएको छ भने शुक्रबार शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ।

नयाँ व्यवस्थाअनुसार अब सेयर कारोबार सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ भने आइतबार र शनिबार बजार बन्द रहनेछ। यसअघि आइतबारदेखि बिहीबारसम्म कारोबार हुँदै आएको थियो।

नेप्से सञ्चालक समितिको बैठकले सातामा पाँच दिन कारोबार सुनिश्चित गर्न शुक्रबार बजार खोल्ने निर्णय गरेको हो। गत चैत २२ गते बसेको मन्त्रीपषिद बैठककाे निर्णयअनुसार शेयर कारोबार दिनलाई हेरफेर गरेको हो।