भारि अंकले बढ्यो डिजेल, मट्टीतेल र पेट्रोलियम पदार्थको मूल्य

समाचारदाता : गोपाल पौडेल

२०८२ चैत २७ गते।

धराने मिडिया : नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले शुक्रबार बिहानदेखि लागु हुने गरि डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको हो।

मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि मूल्य बढाउनुपरेको निगमले स्पष्ट पारेको छ।

हरेक १५ दिनमा भारतबाट आएको मूल्य सुची अनुसार मूल्य बढाउँदै आएको आयल निगमले पेट्रोलमा १७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २५/२५ रुपैयाँ बढाउने निर्णय गरेको हो।

निगमले पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज प्रतिलिटर २१६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ  २१८ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल २१९ रुपैयाँ तथा डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर २०४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २०६ रुपैयाँ र तेस्रो वर्गमा २०७ रुपैयाँ तोकेको छ ।