शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुन पाउने, सर्किट ब्रेकर ८ प्रतिशत

समाचारदाता : गोपाल पौडेल

२०८२ चैत २७ गते।

धराने मिडिया : नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा ठुलो संशोधन गरेको छ।

नयाँ व्यवस्थाअनुसार अब सुचिकृत कम्पनीहरूको शेयर मूल्यमा लाग्दै आएको सर्किट सीमा (Price Limit) र प्री-ओपन सेसनको मापदण्डमा महत्त्वपूर्ण परिवर्तन गरिएको छ।

नयाँ व्यवस्थाअनुसार प्रि ओपन सेसनमा शेयरको मूल्य ५ प्रतिशतसम्म घटबढ हुन सक्ने भएको छ भने एक दिनमा जुनसुकै कम्पनीको शेयर अधिकतम १५ प्रतिशतसम्म घटबढ हुन पाँउने भएको छ ।

यसअघि प्रि ओपन सेसनमा शेयरको मूल्य २ प्रतिशतसम्म मात्रै घटबढ हुन्थ्यो भने एक दिनमा कम्पनीको शेयर अधिकतम १० प्रतिशतसम्म हुन्थ्यो घटबढ हुन पाँउने व्यवस्था थियो ।

त्यस्तैगरि यसअघि प्रचलनमा रहेको ४, ५ र ६ प्रतिशतको तीन तहको सर्किट ब्रेकरलाई हटाएर अब ५ र ८ प्रतिशतको दुई तहको प्रणाली लागू गरिने भएको हो।

दैनिक मूल्य उतारचढावको सीमा कम रहेकोमा नयाँ निर्णयसँगै लगानीकर्ताले छोटो समयमै बजारको प्रतिक्रिया अनुसार कारोबार गर्न सक्नेछन्। यसले बजारमा तरलता बढाउने र कारोबारको दायरा विस्तार गर्ने अपेक्षा गरिएको छ।