डिजेल र मट्टितेलको मुल्य वृद्धि हुदाँ पनि बढेन एलपीजी ग्याँस र पेट्रोलको दाम

समाचारदाता : गोपाल पौडेल

२०८३ वैशाख ३ गते।

धराने मिडिया : नेपाल आयल निगमले डिजल/मट्टितेल तथा आन्तरिक हवाई ईन्धनको मूल्य वृद्धि गरेको छ भने एलपीजी ग्याँस र  पेट्रोलको मुल्य स्थिर राखेको छ।

नयाँ मूल्य सूची अनुसार डिजल/मट्टितेलमा प्रति लिटर ३० रुपैयाँ बढेर २३७ रुपैयाँ र आन्तरिक हवाई ईन्धनमा प्रति लिटर ५ रुपैयाँ बढेर २५६ रुपैयाँ कायम भएको छ। अन्तरराष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ ।

लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दा समेत पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ३२ पैसा, डिजलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर तीन सय ३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको निगमले जनाएको छ ।