एकै दिनमा ५,८०० रुपैयाँले बढ्यो सुनको मुल्य
समाचारदाता : गोपाल पौडेल
२०८३ वैशाख २३ गते
धराने मिडिया : बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतिताेला ५ हजार ८०० रुपैयाँ र चाँदी तोलामा १७५ रुपैयाँले बढेकाे हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।
त्यस्तै यस दिन चाँदी प्रतितोला पाँच हजार ५५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला चार हजार ८ सय ८० रुपैयाँ खरिदबिक्री भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर वृद्धि हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको हो।




















