प्रधानमन्त्री शाहको सट्टामा अर्थमन्त्री वाग्लेले सांसदले उठाएका प्रश्नको जवाफ दिने

समाचारदाता : गोपाल पौडेल

२०८३ वैशाख ३० गते

धराने मिडिया : नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्री वालेन्द्र शाहले नदिने भएका छन् । संसदमा नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने व्यवस्था छ । तर, प्रधानमन्त्री शाहको सट्टामा अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । 

यसअघि संसद सचिवालयको कार्यसूचीमा भने प्रधानमन्त्री शाहले जवाफ दिने उल्लेख थियो ।

बुधबारको प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सकेर जवाफ दिने कार्यक्रम रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।