एकै दिनमा तोलाको चार हजारले घट्यो सुनको मुल्य
समाचारदाता : गोपाल पौडेल
२०८३ जेठ १ गते।
धराने मिडिया : शुक्रबार नेपाली बजारमा सुनको मुल्य एकै दिनमा तोलाको चार हजारले घटेको छ भने चाँदि मुल्य तोलामा ३५५ रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने यस दिन चाँदी प्रतितोला पाँच हजार ३९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर वृद्धि हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको हो।




















