महानिरीक्षक मनिष थापाबाट सुरक्षा बेश धरानको अनुगमन तथा निरीक्षण
समाचारदाता : गोपाल पौडेल
२०८३ जेठ २ गते।
धराने मिडिया : सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकलि, सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मनिष थापा बाट सुरक्षा बेश धरानको अनुगमन तथा निरीक्षण गरेेका छन् ।
डीआईजी थापाले शुक्रबार सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण मुख्यालय मातहत रहेको सुरक्षा बेश धरानको निरीक्षण गर्दै त्यहाँको सुरक्षा अवस्था, जनशक्ति परिचालन तथा तयारी अवस्थाबारे जानकारी लिएका थिए।
अनुगमनका क्रममा उनले सुरक्षा बेशमा कार्यरत कमाण्डर तथा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई बदलिँदो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै धरान क्षेत्रको सुरक्षा व्यवस्थालाई अझ चुस्त, प्रभावकारी र नागरिकमैत्री बनाउन निर्देशन दिएका थिए। साथै सम्भावित विपद् तथा आकस्मिक घटनामा तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन पनि उनले जोड दिएका थिए।

डीआईजी थापाले जिम्मेवारी क्षेत्रभित्र शान्ति सुरक्षा कायम राख्न, आपराधिक तथा अवैध गतिविधिलाई पूर्ण नियन्त्रणमा लिन तथा नागरिकको सुरक्षाका लागि अहोरात्र खटिन निर्देशन दिएका सशस्त्र प्रहरीले जनाएको छ।निरीक्षणका क्रममा सुरक्षा बेशको कार्यसम्पादन, भौतिक अवस्था तथा परिचालन तयारीबारे समेत समीक्षा गरिएको थियो।




















