सुनको मूल्य घट्यो
समाचारदाता : गोपाल पौडेल
२०८३ जेठ १३ गते।
धराने मिडिया : बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यसदिन सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो। आज चाँदीकाे मूल्य भने बढेको छ।
यस दिन चाँदी प्रतितोला पाँच हजार ८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने मंगलबार चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँमा खरिदबिक्री भएको थियो। आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर वृद्धि हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको हो।




















